विश्वकप लिग २- अमेरिकाको शानदार जित, यूएई १० विकेटले पराजित – Nepal Press

विश्वकप लिग २- अमेरिकाको शानदार जित, यूएई १० विकेटले पराजित

काठमाडौं। विश्वकप लिग २ क्रिकेटमा बुधबार अमेरिकाले यूएईमाथि शानदार जित हात पारेको छ। अमेरिकाले यो खेल १० विकेटले जित्यो। पहिला ब्याटिङ गरेको यूएई ३१.२ ओभरमा एक सय ६ रनमा अलआउट भयो।

अमेरिकाका जसदिप सिंहले ४ तथा सौरभ नेत्राभल्कर, मिलिन्द कुमार र नोसथुसले दुई दुई विकेट लिए। यूएईका आर्यांश शर्माले ३१, राहुल चोप्रा ३२ र अली नासरले २३ रन बनाए।

यूएईले ४३ रनमै ६ विकेट गुमाएको थियो। अमेरिकाले १५.५ ओभरमा विकेट नगुमाई लक्ष्य पुरा गर्योल। एन्द्रियस गौसले ६६ र स्मित पटेलले ३८ रन बनाए। यो जितपछि अमेरिका ६ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ। यूएईले ४ खेल खेलेपनि अंक जोड्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *