१२ हजारमै ‘टेक्नो स्पार्क गो वान’ स्मार्टफोन नेपाली बजारमा – Nepal Press

१२ हजारमै ‘टेक्नो स्पार्क गो वान’ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । स्टाइलिस स्मार्टफोन ब्रान्ड टेक्नोको टेक्नो स्पार्क गो वान नेपाली बजारमा आएको छ । नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार दाबी गरिएको उक्त फोन ११ हजार ९९० रुपैयाँको टेक्नो स्पार्क गो वान बजारमा पाइने भएको हो । ग्राहकले आफ्नो न्यूनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्नसक्ने कम्पनीले जनाएको छ ।

जुनसुकै अवस्थामा निरन्तर स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेसदर, लाइटनिङ-फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्‍याम रहेको छ । बुमिङ, क्रिस्टल क्लियर अडियोका लागि डीटीएससहितको डुअल स्टेरियो स्पिकरसहितको स्पार्क गो वानले तपाईंलाई सधैं खेलमा एक कदम अगाडि राख्ने कम्पनीको दाबी छ । ५० भन्दा बढी सेवा केन्द्र भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको कम्पनीले जनाएको छ ।

टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भने, ‘फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । यो एउटा यस्तो स्मार्टफोन हो, जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ ।’

स्पार्क गो वान फोनका विशेषताहरू

टेक्नो स्पार्क गो वानले स्मार्टफोनको कार्यसम्पादनमा नयाँ बेन्चमार्क सेट गर्छ । जसले चार वर्षभन्दा बढीको सहज र निरन्तर कार्यसम्पादन प्रदान आएको छ । सेगमेन्ट १ देखि १२० हर्ट्ज रिफ्रेस रेट डिस्प्लेका साथ, टेक्नो स्पार्क गो १ ले अल्ट्रा स्मुथ स्क्रोलिङ र सिमलेस मिडिया अनुभव प्रदान गर्नेछ । टेक्नो स्पार्क गो वानले ८ जीबी र १२८ जीबीसम्मको लागि ११ हजार ९९० देखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ ।

टेक्नो स्पार्क गो वन कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रिन गरी तीन रङ्गमा मोबाइल बजारमा आएको छ । ३ वटा भेरियन्टमा आएको यो फोनको ३ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य ११ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ । ६४ जीबी स्टोरेज भेरियन्टका लागि १२ हजार ६९० र १२८ जीबीका लागि १३ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ ।

कम्पनीले फोनमा १०० दिनसम्मको रिप्लेसमेन्ट ग्यारेन्टी र १३ महिनाको वारेन्टी पनि उपलब्ध गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *