प्रदेश सभाले आफूनिकट मिडियालाई मात्रै कार्यक्रम दिएको भन्दै टेलिभिजन प्रशारण संघको आपत्ति – Nepal Press

प्रदेश सभाले आफूनिकट मिडियालाई मात्रै कार्यक्रम दिएको भन्दै टेलिभिजन प्रशारण संघको आपत्ति

रुपन्देही । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै लुम्बिनी प्रदेशका टेलिभिजनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले सभामुख तुलाराम घर्तीमगरलाई ध्यानाकर्षण पत्र बुझाउँदै पटक–पटक आग्रह गर्दा पनि प्रदेशसभा सचिवालयले बेवास्ता गरी बिभेदपूर्ण ब्यवहार गरेकोले आफूहरुलाई चिन्तित गराएको उल्लेख गरेका छन् ।

संघका प्रदेश अध्यक्ष नरेश केसीले बिगतदेखि नै प्रदेश सभा सचिवालयले आफू निकटका सञ्चार माध्यमहरुलाई मात्रै कार्यक्रम उत्पादन तथा प्रशारण गर्न मिल्ने गरी कार्यबिधिबनाएर सूचना प्रकाशन गर्ने सम्झौता गरी कार्यक्रम दिने गरेको र यसपटक पनि सोही कार्य दोहोरीएको उल्लेख गरेका छन् ।

केसीले गतवर्ष नै सभामुख, उपसभामुख र प्रदेशसभा सचिवलाई समेत भेटेर ध्यानाकर्षण गराएको उल्लेख गर्दै त्यो बेला नै सभामुखले आगामी दिनमा कमिकमजोरी सच्याउने प्रतिवद्धता जनाएको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

सभामुखले आफैले गरेको प्रतिवद्धता आफैले बेवास्ता गरी यस बर्षपनि सुचना प्रकाशन गरी निश्चित सञ्चार गृहलाई मात्र रकम दिन थालिएको भन्दै उक्त सुचना रद्ध गर्न बिज्ञप्तीमार्फत माग गरेका छन् ।

केसीले प्रदेशसभाका सूचना र लोक कल्याणकारी कार्यक्रम ठेक्कापट्टा गर्ने प्रवृत्ति अन्त्य गर्दै प्रदेशमा प्रसारण कार्यालय भएका सबै टेलिभिजनलाई समानुपातिक ढंगले बितरण गर्न माग गरेका छन् । प्रदेशसभा सचिवालयले निश्चित ४ वटा टेलिभिजनबाहेक अरुले कार्यक्रम प्रशारण गर्न पाउनै नसक्नेगरी कार्यबिधि बनाएर सूचना सार्वजनिक गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *