रास्वपाको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ गते गर्ने रवि लामिछानेको घोषणा – Nepal Press

रास्वपाको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ गते गर्ने रवि लामिछानेको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनको तिथि घोषणा गरेको छ । पार्टीको जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताए । उनले नयाँ अभियानको पनि घोषणा गरे । जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने रविले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर