देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको रकम बिरामी पत्रकार पिबी दियालीलाई दिने शम्भु श्रेष्ठको घोषणा – Nepal Press

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको रकम बिरामी पत्रकार पिबी दियालीलाई दिने शम्भु श्रेष्ठको घोषणा

भक्तपुर । देवेन्द गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीको उपचारका लागि समर्पित गरेका छन् ।

वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको सो पत्रकारिता पुरस्कार यस वर्ष शम्भु श्रेष्ठलाई प्रदान गरिएको हो ।

बुधवार भक्तपुरको भादगाउँ होटलमा आयोजित कार्यक्रममा एक लाख पुरस्कार राशिबाट सम्मानित भएका श्रेष्ठले सो रकम इटहरीका पत्रकार दियालीको मिर्गौलाको उपचारका लागि दिने घोषणा गरे ।

श्रेष्ठले आफ्नो पहलमा रोटरीबाट पनि केही रकम जम्मा भएको बताउँदै जीवनभर पत्रकारिता गरेर उपचार समेत नपाउने अवस्था भएकाले पुरस्कारको रकम पत्रकारलाई दिने बताएका थिए । करेन्ट पब्लिकेशनले पनि थप ५० हजार रकम दियालीको उपचारका दिने घोषणा प्रालिका प्रबन्ध निर्देशक किरण गौतमले गरे ।

सोही कार्यक्रममा गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई पनि सम्मानित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *