तीन कम्युनिष्ट पार्टीबीच एकता – Nepal Press

तीन कम्युनिष्ट पार्टीबीच एकता

काठमाडौं । तीन कम्युनिष्ट पार्टीहरुले एकता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (बहुमत), कम्युनिष्ट पार्टी, नेपाल र कम्युनिष्ट को-अर्डिनेशन केन्द्र, नेपालबीच मंगलबार एकता घोषणा भएको प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक पद्धति एवम् एकता-संघर्ष-रूपान्तरण सम्बन्धि सर्वहारा सांस्कृतिक क्रान्तिको माओवादी पद्धतिलाई दृढ आत्मसात गर्दै पार्टीका केन्द्रीय तहहरू महाधिवेशन आयोजक समिति र केन्द्रीय सल्लाहकार समितिमा जिम्मेवारी ठोस गरिएको र यो प्रक्रियालाई जिल्ला, स्थानीय तहसम्म सम्पन्न गर्ने प्रतिबद्धता रहेको कोअडिैनेसन केन्द्रका संयोजक सुरेन्द्र कार्की, कम्युनिष्ट पार्टीका संयोजक डिबि सर्वश्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाद्वारा जारी संयुक्त वक्तव्यमार्फत जानकारी गराएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर