जनकपुरधाममा आर्केस्ट्रा रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप, आश्रुग्यास प्रहार – Nepal Press

जनकपुरधाममा आर्केस्ट्रा रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप, आश्रुग्यास प्रहार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १२ स्थित इन्द्रपूजा मेलाको अवसरमा आर्केस्ट्रा कार्यक्रम रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ ।

आर्केस्ट्रा कार्यक्रम गर्ने रोकेपछि प्रहरीमाथि स्थानीय युवाहरुले ढुंगामुढा गरेका हुन् । सो क्रममा प्रहरीले लाठीचार्ज गर्न खोजेपछि झडप भएको हो । प्रहरीले आश्रुग्यास हानेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई सेल आश्रुग्यास प्रहार गरेका छन् । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।

आर्केस्ट्रा कार्यक्रम गर्ने ५ महिला र दुई पुरुषलाई नियन्त्रणमा लिएको डिएसपी अवाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट अनुमती नलिई कार्यक्रम गर्न खोजेपछि रोकेको उनको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *