कलम बम मेमोरियललाई राष्ट्रिय शिक्षा सम्मान – Nepal Press

कलम बम मेमोरियललाई राष्ट्रिय शिक्षा सम्मान

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुललाई राष्ट्रिय शिक्षा सम्मान पुरस्कार प्रदान गरिएको छ ।

शिक्षा पत्रकार समाज नेपालको आयोजनामा आज काठमाडौँको अनामनगरमा आयोजित एक विशेष कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले विद्यालयका प्रिन्सिपल युवराज बमलाई सम्मान प्रदान गरेकी हुन् ।

कैलालीको ग्रामीण भेगमा विगत ३ दशकदेखि निरन्तर द्वन्दकालिन समयमा समेत गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गरेको र हाल पनि निरन्तर शिक्षण सिकाइका माध्यमबाट व्यवहारिक शिक्षा प्रदान गरिरहेको कारण शिक्षा सम्मान २०८१ बाट सम्मानित गरिएको शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले बताए ।

कैलालीको मध्यवर्ती क्षेत्रको पहिलो संस्थागत विद्यालयको रूपमा स्थापित भएर प्रदान गरिरहेको शिक्षा र कलम बम मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुलको लगातारको प्रयासलाई राष्ट्रिय शिक्षा सम्मान २०८१ बाट सम्मानित भएको भन्दै उक्त सम्मानले अझै बढि जिम्मेवार बनाएको विद्यालयका प्रिन्सिपल युवराज बमले बताए ।

सामाजिक उत्तरदायित्व सहितको शिक्षा प्रदान गर्ने आफूहरूको ऊर्जालाई थप हौसला प्रदान भएको प्रिन्सिपल बमले प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *