सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय – Nepal Press

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउन निर्देशन दिएका हुन् ।

सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारलाई कार्यान्वयनका लागि अघि बढाउन निर्देशन दिएका थिए ।

संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित रवी लामिछाने जीबी राई, कुमार रम्तेलर, र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर