चार सचिवको सरुवा, सहसचिव पाेखरेल सचिवमा बढुवा – Nepal Press

चार सचिवको सरुवा, सहसचिव पाेखरेल सचिवमा बढुवा

काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव हेरफेर गरेको हो ।

बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खराललाई वन तथा वातावरण मन्त्रालय र त्यहाँका सचिव डा.गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको हो । बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका (ऊर्जा) सचिव गोपालप्रसाद सिग्देललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र त्यहाँका सचिव सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ऊर्जा सचिवमा सरुवा गरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नै सहसचिव डा.कमलप्रसाद पोखरेललाई सचिवमा बढुवा गरेको छ । बैठकले शिक्षा मन्त्रालयका सहसचिव पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिव पोखरेलसँगै रघुराम विष्ट र बाबुराम अधिकारीको नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर