संविधान दिवसमा बेलायती राजाको शुभकामना – Nepal Press

संविधान दिवसमा बेलायती राजाको शुभकामना

काठमाडौं । बेलायती राजा चार्ल्सले नेपालको संविधान दिवसको शुभकामना दिएका छन्।

नेपाल र बेलायतको मित्रता को तारिफ गर्दै राजा चार्ल्सले राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना दिएका हुन्।

बेलायती राजदूतावासले सार्वजनिक गरेको जानकारी अनुसार राजाले आफू र रानी दुवैको तर्फबाट शुभकामना दिएको बताएका छन्।

नेपाल र बेलायतले विश्व मञ्चमा आगामी पुस्तालाई सहयोग पुग्ने शान्ति, संवृद्धि, वातावरण र जलवायु क्षेत्रमा सहकार्य गर्न सक्ने पनि राजाले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर