टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (१९ तस्बिर) – Nepal Press

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (१९ तस्बिर)

काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा संविधान दिवस विभिन्न कार्यक्रमका गरी देशभर मनाइँदैछ ।

विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।

संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । विभिन्न सैनिक कौशल प्रदर्शनको साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर