कार्यभार पुरा गर्न प्रदेश सरकार क्रियाशील छ : मुख्यमन्त्री कँडेल – Nepal Press

कार्यभार पुरा गर्न प्रदेश सरकार क्रियाशील छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले संविधान निर्माणसँगै जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएको बताएका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कँडेलले मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने अहिलेको प्रमुख कार्यभार रहेको बताएका हुन् ।

उक्त कार्यभार पुरा गर्न प्रदेश सरकार क्रियाशील रहेको जानकारी दिए ।

प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान हो उनले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व कायम गरी समृद्धि हासिल गर्न तीन तहका सरकारबीच समन्वय जरुरी छ । हाम्रो संविधानले सहकार्य, समन्वय र सहअस्तित्वलाई आत्मसात गरेको छ । संविधानको यो मूल मर्म अनुसार यो दिवसले संविधान प्रदत्त नागरिक अधिकारप्रति कर्तव्यनिष्ठ र थप जिम्मेवार बन्न तीनै तहका सरकारलाई अझ प्रेरणा मिल्ने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु ।ञ

मुख्यमन्त्री कँडेलले संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्‌नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर