माओवादीको निष्कर्ष : देशैभरि अराजकता बढ्यो, भू-राजनीतिक अवस्था पनि जटिल बन्दैछ (भिडिओ) – Nepal Press

माओवादीको निष्कर्ष : देशैभरि अराजकता बढ्यो, भू-राजनीतिक अवस्था पनि जटिल बन्दैछ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेको भू-राजनीतिक अवस्था थप जटिल बन्दै गइरहेको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताए।

उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दैछ। भूराजनीतिक स्थितिले पनि पेचिलोपन ल्याउँदैछ। अन्तर्राष्ट्रिय रूपमा हेर्दा त विष्फोटक स्थिति बनेको छ। यो परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ। जन वर्गीय संगठनहरुलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने निष्कर्ष छ।’

उनले बैठकमा देशैभरि बढेको अराजकता, विकृति, विसङ्गति बढेको निष्कर्ष निकालेको पनि सुनाए।


प्रतिक्रिया

One thought on “माओवादीको निष्कर्ष : देशैभरि अराजकता बढ्यो, भू-राजनीतिक अवस्था पनि जटिल बन्दैछ (भिडिओ)

  1. अराजकहरू त्रास फैलाउन हल्ला गर्न थाले । पहिले मान्छे मारेर अहिले हावा हल्ला गरेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर