स्वर्णिमको प्रस्ताव- पालिकाहरू ५ सयभन्दा तल झारौं, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनौं (भिडिओ) – Nepal Press

स्वर्णिमको प्रस्ताव- पालिकाहरू ५ सयभन्दा तल झारौं, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताए । मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारबीच अन्यौलता सिर्जना भइरहेको उनको भनाइ छ ।

पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने उनको तर्क छ । प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए । उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरूको बनाउनुपर्ने बताए ।

उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरुप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेको बताए ।

 

वाग्लेको भनाइ यस्तो छ

कुन काम प्रदेश सरकारले गर्ने, कुन काम स्थानीय सरकारले गर्ने भन्नेमा संविधानको स्प्रिटअनुसार काम गर्न सकेनौँ । अहिले फम र फङ्शनमा ठूलो ग्याप देखियो भन्ने कुरा आइरहेको छ । जिम्मेवारीका हिसाबले १७९३ वटा फङ्सनलाई बाँडफाँट गरिएको छ । क्षमता चाहीँ कानूनी, प्रशासनिक र वित्तीयमै एकदमै ठूलो ग्याप भएको हुनाले त्यसको स्प्रिट अनुसार भएको छैन । अहिलेको आम असन्तुष्टि पनि त्यही नै हो । हाम्रो लाइन चाहीँ बलियो, स्वच्छ, सुदृढ संघीय सरकार होस् ।

स्थानीय पालिकाहरू अब ७५३ वटा पनि चाहिँदैन । ५०० भन्दा मुनिमै जाऔँ । धेरै पालिकाहरु मर्ज भएर आर्थिक दृष्टिले पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । समन्वयकारी, छरितो निकाय बीचमा रहोस् । माथि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मागेपछि तल पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्‍यो । विज्ञहरुको मन्त्रिमण्डल र प्रदेश सभाको रूपचाहिँ गाउँपालिकाका सदस्य जो हुनुहुन्छ, त्यहीलाई नै विधायकी फङ्शन दिएर जाँदाखेरी अहिलेको जनगुनासो सम्बोधन गर्न सकिन्छ । शासकीय स्वरूप, समावेशिता र वित्तीय संघीयता यी तीनवटै विषय असाध्यै महत्वपूर्ण छन् ।


प्रतिक्रिया

2 thoughts on “स्वर्णिमको प्रस्ताव- पालिकाहरू ५ सयभन्दा तल झारौं, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनौं (भिडिओ)

  1. कत्ति आकर्षक सुनिन्छ यो नारा “प्रत्येक्ष्य निर्वाचित प्रधानमन्त्री / रास्ट्रपति” !!
    १. यत्ति जान्ने बुझ्ने मान्छेले भनेको हो नै जस्तो लाग्छ झनै !! तर, यो सही हुन्न जब भारत संगको सिमाना खुल्ला रहिरहन्छ !!
    २. हरेक क्षण भारतीयहरु नेपाल धुस्ने, अनेक उपाय लगाएर नेपाली नागरिकता लिने अनि तिनको संख्या बढ्दै जाने (अहिले नै हामी यत्ति प्रतिसत छौं भन्छन !!!), त्येशलाई नियन्त्रण गर्न केहि नसोच्ने अनि आफु खुबै प्रख्यात छु भन्ने मानेर प्रत्यक्ष्य नर्वाचित “.. ..” आत्माघाती हुने छ त्यो !! अझ प्रस्ताव आउछ, जनसंख्याको आधारमा प्रतिनिधि छनौट : कत्ति खतरनाक छ त्यो !!!
    ३. पहिला भन भारत संगको सिमाना बन्द गरम, नागरिकतामा कडाइ गरम, अंगिकृतलाई राजनीति गर्न बन्देज गरम अनि सोच्न सकिन्छ त्यो !!
    ४. अहिल्येइ त्यो सोच्नु भनेको जत्ति सक्दो छिट्टो नेपाल सिक्किम बनाऔं भन्नु जस्तै हो !!
    ५. खै जान्ने हौ के धेरै जान्ने हौ बुझ्ने गाह्रो पर्यो : धेरै बाठो र धेरै जान्ने हुँदा : कागले के खान्छ भन्छन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर