मारवाडी सेवा समितिले ७ जनालाई नि:शुल्क बाँड्यो कृत्रिम खुट्टा – Nepal Press

मारवाडी सेवा समितिले ७ जनालाई नि:शुल्क बाँड्यो कृत्रिम खुट्टा

काठमाडौं । मारवाडी सेवा समितिले संविधान दिवसको दिन पारेर ७ जनालाई कृत्रिम खुट्टा निःशुल्क वितरण गरेको छ । पशुपति गौशाला धर्मशाला एवं बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा समितिले एक कार्यक्रमबीच कृत्रिम खुट्टा वितरण गरेको हो ।

हालसम्म ६ हजार ५ सय जनालाई कृत्रिम खुट्टा वितरण गरिएको पशुपति गौशाला धर्मशालाका महासचिव राजेश अग्रवालले बताए । कार्यक्रममा बागमतीका स्वास्थ्यमन्त्री किरण मगर र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी उपस्थित थिए ।

मारवाडी सेवा समितले उपत्यका बाहिर पनि कृत्रिम खुट्टा वितरण भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर