१० वर्षअघि सुकेको भारत उत्तर प्रदेशको सकर्नी नदीमा यसरी दिइयो त्राण – Nepal Press

१० वर्षअघि सुकेको भारत उत्तर प्रदेशको सकर्नी नदीमा यसरी दिइयो त्राण

काठमाडौं । भारतको उत्तर प्रदेशमा सलल बग्ने सकर्नी नदी दशकौंदेखि सुकेको थियो । बहाव क्षेत्रमा घाँस उम्रिएको थियो । नदी करिडोर मिचिएको थियो । कतै खेती लगाइएको थियो त कतै चरन क्षेत्र । तर, अहिले यो नदीले पुनर्जीवन पाएको छ । नदी बग्ने बाटो बनाइदिएर फेरि नदी नालाबाट नदी नै हुन पाएको छ ।

गत जुलाई अर्थात् दुई महिनाअगाडि मात्रै २८ किलोमिटर लामो नदीले बग्न सुरू गरेको छ । नदीको जीवन फर्काउन ३० हजार जनाको योगदान रहेको भारतीय समाचार पोर्टल दी प्रिन्टले उल्लेख गरेको छ । दुई महिना ठूलो संख्याका स्थानीयले बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म स्वयंसेवा गरेर नदी व्यूँतन सहज भएको हो । स्थानीय तहका नेतृत्व, नागरिक र एनजीओहरूको सहकार्यमा नदी व्यूँताइएको समाचार उल्लेख गरिएको छ ।

उत्तर प्रदेशको वातावरण क्षेत्रको एनजीओ पर्यावरण सेनाका हर्ताकर्ता अजय क्रान्तिकारीको अगुवाइमा नदीलाई जीवन दिने परियोजना सुरू भएको थियो । झण्डै १० महिनामा यो काम सकिएको हो । श्रमदानबाहेक डेढ करोड हाराहारी बजेटमा नदीले जीवन पाएको हो ।

उत्तर प्रदेशको प्रतातगढ क्षेत्रका २० गाउँ भएर बग्ने नदी फर्किएपछि स्थानीय खुशी छन् । गंगा नदीको एक सहायक नदीले जीवन पाएपछि उत्साहित एक स्थानीय शिवकुमारीले भनिन्, ‘अब कसैले यसलाई नाला भन्न सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर