चाडपर्वमा एलजीको सामान किन्दा ४० प्रतिशत क्यास ब्याकदेखि हात खाली नहुने अफरहरु (भिडिओ)
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको एलजीको सामान खरिद गर्दा चाडपर्वको बेला ४० प्रतिशतसम्म क्यास ब्याक र सामान किन्दा हात खाली नजाने स्किम ल्याएको छ । ‘एलजीसँग खुसीको पल’ भन्ने स्किम ल्याएको छ ।
सीजी इलोक्ट्रोनिक अन्तगतको एलजी ब्रान्डको सेल्स हेड पुरुषोत्तम भण्डारी एलजी ब्रान्ड नेपालमा करिब ३८ वर्षदेखि कस्टमरको माझमा रहेको बताए ।
उनले भने, ‘एलजी ब्रान्ड ग्राहकले रुचाएको ब्रान्ड हो । ग्राहकको माग अनुसार एलजीको सामाग्रीहरु कोरियाबाट नेपालमा ल्याउने गरेका छौँ । हाम्रो मुख्य प्रोडक्ट भनेको वासेनमिसिन, रेफ्रिजेनेटर, टीभी र एसी हो । एलजीको सामाग्रीले ग्राहकको लाइफ स्टाइल कसरी बेटर गर्ने भन्ने हो । एलजीसँग खुसीको पल भन्ने स्किम ल्याएका छौँ । दसैँ भनेको नै खुसी ल्याउने पर्व हो । त्यसैले खुसीको पहर भन्ने स्किम ल्याएको हौं ।’
एलजीको टीभी खरिद गर्दा ४० प्रतिशतसम्म क्यास ब्याक अफर कम्पनीले दिएको छ । रेफ्रिजेनेरेटरमाको साइज अनुसार छुट दिएको छ । सिंगल डोरमा विशेष छुट र क्यास व्याकको अफर रहेको छ । भने, डबल डोरको ३१२ लिटरसम्मको रेफ्रिजेनेरेटरमा भ्याकुम फ्ल्यास वा प्रेसरकुकर दिएको छ । ३१२ लिटरभन्दा माथिको रेफ्रिजेनेरेटरमा मिक्स्चर वा हिटर स्किममा दिएको छ ।
वासेनमेसिनमा पनि विशेष छुट रहेको छ । ग्राहकले वासेनमेसिन घरमा लानसाथ प्रयोग गर्न सकुन भनेर ६ केजी र ४ केजी एरियल सर्फ फ्रिमा पाउने छन् । माइक्रो वन किन्दा कुकिङ किट फ्रिमा पाउने छन् । भने, एसी किन्दा निःशुल्क इन्सुलेसन ग्राहकले पाउने छन् ।
वासिनमेसिनमा एआइडीडी भन्ने मोटरको फिचर रहेको छ । अन्य कम्पनीमा यो छैन । ग्राहले जुनसुकै लुगा लगेर वासिनमेसिनमा राखे पनि त्यो मेसिनले नै सर्च गरेर कपडा अनुसारको सिस्टम मिलाएर सफा गरिदिन्छ । मान्छेको चहान र टेक्नोलोजीलाई एलजीको आत्मसाथ गरेको गरेको छ । विश्वमा आएका नयाँ नयाँ टेक्नोलोजीलाई एलजीले भित्र्याउने गरेको भण्डारीले बताए ।
एलजीको सामान खरिद गर्दा उपभोक्ताले प्रयोग गर्न सकोस् भनेर त्यसमा प्रयोग हुने सामाग्री पनि सामानसँगै दरिरहेका छ । भने, एलजीले सामान किनेपछि प्रयोग गरेको केही समस्या आयो भने देशभर नै ठूलो नेटवर्क भएकाले मर्मतको लागि समस्या नहुने कम्पनीले बताएको छ ।