युएईमा नेपाली समुदायसँग यसरी मनाइयो संविधान दिवस (तस्वीरहरु) – Nepal Press

युएईमा नेपाली समुदायसँग यसरी मनाइयो संविधान दिवस (तस्वीरहरु)

आबुधावी। संयुक्त अरब इमिरेट्स युएईको आबुधावीमा रहेको नेपाली दुतावासले यहाँ रहेका नेपाली समुदाय सँग सविधान दिवस मनाएको छ ।

दुतावासकै अग्रस्थानमा नेपालको राष्ट्रिय झन्डालाई युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रिले झन्डोत्तलन गरी दिवसको औपचारिक उद्घाटन गरेको नेपाली दुतावास आबुधावीले जनाएको छ । कार्यक्रममा राजदुतसहित नेपाली दुतावासकी नवनियुक्त उपनियोग प्रमुख रन्जिता दाहाल, र दुतावासका अन्य उच्च अधिकारीहरुको उपस्थिति थियो ।

संविधान दिवसको दिन विदेशस्थित नियोगहरु बन्द हुने भएपनि १० औं संविंधान दिवसको अवसर पारेर नेपाली दुतावास आबुधावीले यहाँ रहेका नेपाली संघसस्थाका प्रतिनिधिको उपस्थितिमा दुतावास परिसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो ।

यसैबीच दुतावासले आफ्नै परिसरमा यहाँ रहेका सक्रिय सामाजिक संघसस्था, गैर आवसिय नेपाली, विभिन्न राजनितिक दलका भातृ संगठनका प्रतिनिधि,पत्रकार, तथा समाजका अगुवाहरुको उपस्थितीमा दिवस मनाएको  थियाे।

आप्रवासी कामदारका विषयमा कार्यरत समाजशास्त्री डा. मीना पौडेल, नेपालको पहिलो महिला रेसलर भगवती खड्का युनिकालगायतको आतिथ्यता रहेको कार्यक्रमको सन्चालन दुतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकाशंले संविधान जारी भएको १० औं वर्ष पुगेपनि संविधानमा सबैले अपनत्व गर्न नसकेकोले संशाेधनसहित सविधानलाई प्रगतिशिल बनाउँदै कार्यन्वयनमा जोड दिएका थिए ।

नेपाली दुतवासले संविधान दिवसकै दिन बिहीवार नेपाली समुदायसँग र आगामी सोमबार विभिन्न १ सय ३० भन्दा धेरै देशका नियोग प्रमुख, तथा युएईका उच्च अधिकारिहरुको उपस्थितिमा समेत विशेष कार्यक्रम गरेर संविधान तथा राष्ट्रिय दिवस मनाउन लागेको जनाएको छ ।

दिवसकै अवसरमा दुतावासले साताब्यापी दीप प्रज्वलन गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *