नेपालको पुलिस क्लब काभा वुमन्स क्लब च्याम्पियनसिपको फाइनलमा – Nepal Press

नेपालको पुलिस क्लब काभा वुमन्स क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं। मालदिभ्समा भइरहेको काभा वुमन्स क्लब च्याम्पियनसिपमा नेपालको नेपाल पुलिस क्लब फाइनल पुगेको छ ।

लगातार चौथो जित हात पारेर पुलिस क्लब एक खेल अगावै फाइनल यात्रा तय गर्न सफल भएको हो । पुलिसले पछिल्लो खेलमा घरेलु क्लब वाम्कोलाई ३-२ को सेटमा हरायो । सुरुवाती सेट गुमाएको पुलिसले दोस्रो र चौथो सेट जितेर खेललाई पाँच सेटमा धकेलेको थियो ।

पुलिस २१-२५, २५-२०, २१-२५, २५-१८ र १५-१३ ले खेल जित्न सफल भएको हो । अघिल्ला तीन खेलमा सहज जित हात पारेको पुलिसलाई वाम्कोले कडा चुनौती दियो ।

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजिकिस्तानको डाइमेडलाई हराएको थियो ।

पुलिसले लिग चरणको अन्तिम खेलमा अर्को घरेलु क्लब मालदिभ्स पुलिस सर्भिसको सामना गर्ने छ ।

प्रतियोगितामा घरेलु लिग जितेका कारण पुलिस क्लब सहभागी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *