घनश्याम भुसालको दाबी- माओवादी हरेक दिन कमजोर बन्दै जान्छ, कुनै प्रयोग काम लाग्दैन – Nepal Press

घनश्याम भुसालको दाबी- माओवादी हरेक दिन कमजोर बन्दै जान्छ, कुनै प्रयोग काम लाग्दैन

'सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, एमाले र कांग्रेस मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन्'

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै गएको बताएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देशसभालाई सम्बोधन गर्दै उनले अब माओवादी कुनै प्रयोग काम नलाग्ने बताए ।

उनले भने, ‘माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरुले माओवादीलाई हरेक दिन तल लैजान्छ । हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । आजको स्थिति त्यो छ ।’

उनले कांग्रेस आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टीको संज्ञा दिए ।

महासचिव भुसालले कांग्रेसको आफ्नो नीति र सिद्धान्त नभएको भन्दै गुटको महासंघको रुपमा रहेको टिप्पणी गरे ।

उनले भने, ‘सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, कम्युनिष्ट आन्दोलनको विरुवा उखेलेपछि अहिले बौरिएको छ । अहिले ती दुईवटा मिलेर मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् ।

नेता भुसालले राम्रो व्यवस्था भएको भए दुई पटक संसद विघटन गर्ने ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताए ।


प्रतिक्रिया

3 thoughts on “घनश्याम भुसालको दाबी- माओवादी हरेक दिन कमजोर बन्दै जान्छ, कुनै प्रयोग काम लाग्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर