झाँक्रीलाई संकेत गर्दै माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै हिँड्नेलाई धेरै छुट दिन सकिन्न (भिडिओ) – Nepal Press

झाँक्रीलाई संकेत गर्दै माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै हिँड्नेलाई धेरै छुट दिन सकिन्न (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पछिल्लो सयममा पार्टीप्रति आकर्षण बढेको बताएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै महाधिवेशनमा भएको गल्तीलाई स्वीकारेर एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

 

उनले भने, ‘दर्जनौं चिट बाँडिएको रहेछ, चिटमा नाम भएकाहरू पनि हारेका छन्, नभएकाहरू पनि जितेका छन् । त्यसैले चिटले मात्रै काम गरेको छैन । कमजोरी गर्नेहरूले मम भनौं । त्यसलाई हामी प्रोत्साहन गर्न चाहँदैनौं । पार्टीका केही नेताहरूको अभिव्यक्ति पनि बाहिर आएका छन् । ती अभिव्यक्तिले पनि निकै तरंग पैदा गर्‍यो । त्यस्ता गल्ती आगामी दिनमा नदोहोरियोस् भनेर आत्मालोचना पनि गर्नुभएको छ ।’

उनले आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत भन्दै त्यस्तालाई धेरैपटक छुट दिन नसकिने बताए । उपाध्यक्षमा पराजित भएपछि रामकुमारी झाँक्रीले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोख्दै आइरहेका बेला माधव नेपालले यो अभिव्यक्ति दिएका हुन् ।


प्रतिक्रिया

One thought on “झाँक्रीलाई संकेत गर्दै माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै हिँड्नेलाई धेरै छुट दिन सकिन्न (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर