मेटमणिको अभिव्यक्तिबारे झलनाथलाई माधवको जवाफ- अब त्यसलाई गीत बनाइराख्न आवश्यक छैन – Nepal Press

मेटमणिको अभिव्यक्तिबारे झलनाथलाई माधवको जवाफ- अब त्यसलाई गीत बनाइराख्न आवश्यक छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिको विषयलाई गीत बनाएर हिँड्न आवश्यक नभएको जवाफ फर्काएका छन्।

नेता खनालले उपमहासचिव एवम् सांसद चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति राष्ट्रियता विरोधी भएको भन्दै कारबाहीको माग गरेका थिए।

चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत पोखेका थिए।

त्यसबारेमा पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्ने प्रष्ट रुपमा भनिसकेपछि त्यसलाई गीत बनाउन आवश्यक छैन।’


प्रतिक्रिया

One thought on “मेटमणिको अभिव्यक्तिबारे झलनाथलाई माधवको जवाफ- अब त्यसलाई गीत बनाइराख्न आवश्यक छैन

  1. अब त्यसलाई गित नबनाउ । त्यो सामान्य कुरा हो र उनले मेरै आदेश बमोजिम भनेका थिए । कसो माधव कमरेड ? झलनाथले माधवको असली अनुहार चिन्दै जानेछन र यो पनि थाहा पाउनेछन् कि एस दिल्लीको निर्देशनमा आफ्ना बफादारहरू प्रयोग गरेर खोलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर