अखिल क्रान्तिकारीको असोज १० देखि १४ सम्म राष्ट्रिय सम्मेलन तोकिएकोमा ६ उपाध्यक्षको आपत्ति – Nepal Press

अखिल क्रान्तिकारीको असोज १० देखि १४ सम्म राष्ट्रिय सम्मेलन तोकिएकोमा ६ उपाध्यक्षको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको असोज १० देखि १४ सम्म २३ औँ राष्ट्रिय सम्मेलनको मिति तय भएकोमा ६ जना उपाध्यक्षले आपत्ति जनाएका छन् । ६ जना उपाध्यक्षले नै संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय सम्मेलनको मिति तय भएकोमा आफूहरु पूर्ण असहमत रहेको भन्दै राष्ट्रिय सम्मेलनको मिति र परीषाको मिति नजुध्ने गरी सम्मेलनको नयाँ समय तालिका सार्वजनिक गर्न आग्रह गरेका छन् ।

संगठनका उपाध्यक्ष लक्ष्मीप्रसाद जोशी, गजेन्द्र देव, सुर्यनारायण साह, अमरराज शाही, डा.अच्युत भट्ट र केशव रावलले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा असओज १० देखि १४ सम्म सम्मेलन गरिएमा त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका झण्डै ४५० भन्दा बढी आयोजक समिति सदस्यको परीक्षा भएको भन्दै उनीहरु कि त परीक्षाबाट बञ्चित हुने कि त सांगठनिक जिवन समस्यामा पर्ने जनाएका छन् ।

यस अघि असोज २ गतेका लागि तय भएको अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो । संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माको उपस्थिथिमा अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले असोज १० देखि १४ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *