दोहा पुगे प्रधानमन्त्री ओली, दूतावासका अधिकारीले गरे स्वागत – Nepal Press

दोहा पुगे प्रधानमन्त्री ओली, दूतावासका अधिकारीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहा पुगेका छन् । संयुक्त संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्यूयोर्क जाने क्रममा आज बिहान त्रिभुवन विमानस्थलबाट उडेका उनी केही बेरअघि दोहा पुगेका हुन् ।

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १.३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *