पशु फर्ममा आगलागी हुँदा एक सय बाख्रा मरे – Nepal Press

पशु फर्ममा आगलागी हुँदा एक सय बाख्रा मरे

सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिका–७ बर्गाङमा सञ्चालित पासाङ डोल्मा कृषि तथा पशुपक्षी फर्ममा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

स्थानीय बुद्धबहादुर तामाङले सञ्चालन गरेको उक्त फर्ममा आगलागी हुँदा एक सय बाख्रा जलेर मरेको सञ्चालक तामाङले जानकारी दिए ।

शुक्रवार बेलुकी ७ बजे आसपासको समयमा बाख्राको लागि खोले पकाउने क्रममा गोठ नजिकै रहेको परालमा आगो सल्केर फर्ममा आगलागी भएको थियो ।

स्थानीय र प्रहरी चौकी ठुलोपाखरबाट गएका प्रहरीहरूले बेलुकी अबेर आगो नियन्त्रणमा लिएका थिए ।

चार वर्ष अगाडि स्थापना भएको कृषि तथा पशु फर्ममा आगलागी बाट एक सय बाख्रा मरेपछि अहिले गोठै रित्तिएको छ ।

आगो ठुलो लागेकाले जम्मा एउटा मात्रै बाख्रा बचाउन सकिएको सञ्चालक तामाङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *