हेटौँडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु – Nepal Press

हेटौँडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु

हेटौँडा । हेटौँडा १० राप्ती पुल नजिकै भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

शुक्रवार राति हेटौँडाबाट पश्चिमी तर्फ जाँदै गरेको एन एल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले साइकल यात्री भक्तपुर सुडाल घर भई हेटौँडा-११ थानाभर्याङ बस्ने ६० वर्षका रमेश पाण्डेलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते पाण्डेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

ठक्कर दिने ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *