उपेन्द्र यादवले बनाए ९ सदस्यीय हाइकमाण्ड, केन्द्रीय कार्यालय समिति र विभाग पनि गठन – Nepal Press

उपेन्द्र यादवले बनाए ९ सदस्यीय हाइकमाण्ड, केन्द्रीय कार्यालय समिति र विभाग पनि गठन

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सदस्यीय सचिवालय गठन गरेको छ ।

गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको कार्यकारिणी समितिको पहिलो बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको प्रवक्ता मनिष सुमनले बताए ।

उनका अनुसार सचिवालयमा अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष मृगेन्द्र कुमार सिंह, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत र राजकुमार शर्मा रहेका छन् ।

उनले भने, केन्द्रीय सचिवालय गठन गर्ने भन्ने हाम्रो पार्टीकै विधानमा उल्लेख थियो । त्यही अनुसार हामीले हिजो औपचारिकता दिएका छौँ ।

कार्यकारिणी समितिमा सदस्य थप गर्नको लागि सुझाव दिन बैठकले सचिवालयलाई जिम्मेवारी दिएको बताए। यस्तै, बैठकले पार्टीको केन्द्रीय कार्यालय समिति गठन, केन्द्रीय विभागहरू गठन गरेको समेत बताए ।

मंसिरमा हुने उपनिर्वाचनको तयारी थाल्न पार्टी पङ्क्तिलाई निर्देशन दिँदै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर