प्रचण्डको निर्देशन- जनयुद्धलाई राष्ट्रिय दिवस मनाउन अदालतले रोकेको छ, एकताबद्ध भएर आवाज उठाउनुस् (भिडिओ) – Nepal Press

प्रचण्डको निर्देशन- जनयुद्धलाई राष्ट्रिय दिवस मनाउन अदालतले रोकेको छ, एकताबद्ध भएर आवाज उठाउनुस् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस मनाउने आफू नेतृत्वको सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतकाविरुद्ध आवाज उठाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

 

शहीद प्रतिष्ठानको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यति बेला पार्टीभित्र मुखको तितो फाल्नेभन्दा पनि सबै एकजुट भएर आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर भनेर आन्दोलनमा जानुपर्ने स्थिति रहेको बताए।

उनले भने, ‘राष्ट्रिय दिवस जनयुद्ध दिवसलाई भन्न सही हो नि। यतिठूलो युगान्तकारी परिवर्तन ल्याउने जनयुद्धलाई राष्ट्रिय दिवस भन्दा त्यसलाई औपचारिक क्याबिनेटबाट डिसिजन गरेकोलाई अदालतले जसरी रोकेको छ। त्यसका विरुद्ध आवाज उठाउनुपर्छ। यस्तो बेलामा सरकारले यो पनि गरेन त्यो पनि गरेर भन्न हुँदैन। यो पटक हामीले बल गरेकै हो। टिआरसी विधेयक पारित भइसकेको छ। अब हाम्रो ध्यान आयोगहरू गठन गरेर सही व्यक्तिलाई नेतृत्वमा ल्याऔँ भन्नेमा छ।’

उनले सदनमा संख्याको हिसाबले आफूहरू कमजोर भए पनि जनयुद्धलाई हत्या हिंसा भनेपछि कडा रूपले प्रस्तुत भएको बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डको निर्देशन- जनयुद्धलाई राष्ट्रिय दिवस मनाउन अदालतले रोकेको छ, एकताबद्ध भएर आवाज उठाउनुस् (भिडिओ)

  1. बसमा बम हान्ने, शिक्षकलाई रूखमा झुड्याउने जनयुद्व हुन्छ ? बैंक लुटेर माओवादीका नेताले ब्रिटिश भर्जिन आईल्याण्ड नामको देशमा पैसा लाने, जनताले पालेको खसी खान दिएन भनेर सामन्ति भन्दै चुटने, आफ्ना छोराले तीनवटी ल्याउँदा पनि चुईक्क नबोल्ने अरूलाई बहुपत्नी भनेर कुटने, जनताको घरको खाएर सकिदिने फटाहाहरूले गरेको कामलाई जनयुद्व भन्ने ? वाहियात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर