एमालेलाई प्रचण्डले भने- हत्या, हिंसाबारे दिएको अभिव्यक्ति फिर्ता नभएसम्म आन्दोलन छाड्दैनौँ (भिडिओ) – Nepal Press

एमालेलाई प्रचण्डले भने- हत्या, हिंसाबारे दिएको अभिव्यक्ति फिर्ता नभएसम्म आन्दोलन छाड्दैनौँ (भिडिओ)

'प्रतिनिधि सभामा संख्या कमजोर भए पनि माओवादीको विरासत ठूलो छ'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको हरेक कदम असफल भएको दाबी गरेका छन्।

 

शहीद प्रतिष्ठानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै आफूहरू बाहिरिए पनि जितेको महसुस गरिरहेको बताए।

उनले जनयुद्धलाई हत्या, हिंसा भनेकोबारे एमालेका नेताहरू दिएको अभिव्यक्तिबाट पछि नहटेसम्म आन्दोलन नछाड्ने सुनाए।

उनले भने, ‘प्रतिनिधिसभामा हामी कमजोर छौँ तर माओवादी कमजोर होइनौँ, हाम्रो विरासत छ। सबै माओवादी एकै ठाउँ आउनुको विकल्प छैन, माओवादीको मर्म र मुद्दा त साझा छ। माओवादी जतिलाई एकीकृत हुने बित्तिकै ठूलो तागत हुनेवाला छ।’


प्रतिक्रिया

One thought on “एमालेलाई प्रचण्डले भने- हत्या, हिंसाबारे दिएको अभिव्यक्ति फिर्ता नभएसम्म आन्दोलन छाड्दैनौँ (भिडिओ)

  1. तिम्रा झुट अब कसैले पत्याउनेवाला छैनन । जे गरे पनि तिमी, तिम्रा परिवार र लाउकेहरूले खान र सुन तस्करी गर्न कथित जनयुद्व नामको व्यक्ति हत्यागरेको प्रमाणित भयो अब । अब झुट बोलेर, ठग कुरा गरेर, दिल्लीको चाकडी गरेर खाउँला भन्ने नसोचे हुन्छ । दलित, जनजाति, मधेशीका पनि ठगहरूले मात्र मोज गरेका छन् तिमीले ल्याएको भनेर फूर्ति गरेको व्यवस्थामा पनि। विचरा गरिव जनजाती, बाहुन , क्षेत्री, मधेशी, थारूले केही पनि पाएको छैन ।तिनले त अहिले यो देशको एक नम्बरको ठग कुरा गर्ने भनेर प्रचण्डलाई भनेका छन् । अब यस्ता ठगलाई राजनीतिको र पनि भन्न दिनुहुँदैन भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर