रास्वपापछि जसपा नेपालले पनि पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने – Nepal Press

रास्वपापछि जसपा नेपालले पनि पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने निर्णय गरेको छ ।

गत साउन २७ देखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको कार्यकारिणी समितिको पहिलो बैठकले सार्वजनिक कार्यक्रमलाई धेरै भड्किलो नबनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए ।

उनले भने, ‘जसपाको आन्तरिक कुनै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि भन्ने राख्दैनौं । एक जनाले अध्यक्षता गरेर चलाउँछौं ।’

उनले कुनै विशेष समाहोह भएको अवस्थामा अन्य पार्टीबाट आएका नेताहरुलाई अतिथि बनाए पनि पार्टीकै नेताहरुलाई औपचारिक अनौपचारिक कुनै पनि कार्यक्रममा अतिथि नराख्ने सुनाए।

यसअघि रवि लामिछाने नेतृत्वको रास्वपाले पनि पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *