रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ? – Nepal Press

रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले रास्वपा सभापति रवि लामिछानेलाई क्लीन चिटको परिभाषा बदलिएको हो भन्दै प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा बोल्दै उनले लामिछानेलाई दोषी ठहर गरिएको दाबी गरे ।

छानबिन समितिको प्रतिवेदनअनुसार नै सरकारले कारबाही प्रक्रिया अघि बढाउने नेता निधिले बताए ।

उनले भने, ‘रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लीन चिट दिएको भनेर भ्रम फिजाउन खोजेका छन् । के क्लीन चिटको परिभाषा बदलिएको हो ?’

सहकारीको रकम अनियमितता गर्दै चेक काट्नेलाई हत्कडी लगाउनुपर्ने उनको तर्क छ ।


प्रतिक्रिया

One thought on “रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?

  1. काँग्रेसीहरू एकजना रविसँग थर्कमान भएछन् । देशको सबैभन्दा पुरानो पार्टी, परिवर्तन गरेको पार्टी भनेको त रविसँग थर्कमान । हरेक काँग्रेसका नेताको रविले सातो लिएका छन् । धन्यवाद रवि । ठगहरू डराउँछन् । अनि विमलेन्द्र बाबू तिम्रा धनराजले खाएको कुरा त निकाल्दै निकाल्दैनौ त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *