पपुलर भोट ल्याउनेले सरकार चलाऔं, २० सीट ल्याएर गृहमन्त्री माग्नेको दिन सकिन्छ : विश्वप्रकाश शर्मा (भिडिओ) – Nepal Press

पपुलर भोट ल्याउनेले सरकार चलाऔं, २० सीट ल्याएर गृहमन्त्री माग्नेको दिन सकिन्छ : विश्वप्रकाश शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

 

कांग्रेस झापा-काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थिर सरकार नभई जनतामा देखिएको निराशा भत्काउन नसकिने बताए ।

उनले २७५ सदस्यीय प्रतिनिधिसभालाई १८५ मा झार्नुपर्ने बताए ।

महामन्त्री शर्माले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार सीटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । हामी दोस्रो भयौं भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौं । २० सीट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो । यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गर्न सकेपछि ।’

महामन्त्री शर्माले अब संसद विघटन नहुने र प्रधानमन्त्रीको कार्यकाल ५ वर्ष हुने भएकाले दुई पटकभन्दा बढी एक व्यक्ति प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव आफूले राखेको बताए ।


प्रतिक्रिया

One thought on “पपुलर भोट ल्याउनेले सरकार चलाऔं, २० सीट ल्याएर गृहमन्त्री माग्नेको दिन सकिन्छ : विश्वप्रकाश शर्मा (भिडिओ)

  1. रविभन्दा अरू भन्न जानेकै रहेनछ यसले । रविले यसको सातो लिएछन् । धन्यवाद रवि । एउटा रविको पछि लाग्नेलाई के नेता भन्ने ? रवि विरूद्व लाग्न, बोल्न कसैले खटाएकोजस्तो छ । नूनको सोझो गर्यो झापाली कान्छोले । नेतै होईन यो मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *