सिंगो देश झापाली एमालेले चलाइरहेका छन्, तर कम्युनिष्टहरुबाट देश बन्दैन : कृष्ण सिटौला (भिडिओ) – Nepal Press

सिंगो देश झापाली एमालेले चलाइरहेका छन्, तर कम्युनिष्टहरुबाट देश बन्दैन : कृष्ण सिटौला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरुले देश बनाउन नसक्ने बताएका छन् ।

कांग्रेस झापा-काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने बाटोको अगुवाइ कांग्रेसले बाहेक अरुले गर्न नसक्ने बताए ।

 

उनले भने, ‘देश बनाउने कांग्रेसले नै हो । झापाका प्रधानमन्त्री एमालेको हुनुहुन्छ । सभामुख र मुख्यमन्त्री एमालेको हुनुहुन्छ । भौतिक पूर्वाधारमन्त्री पनि एमालेको हुनुहुन्छ । हाम्रो पार्टीको पावर भनेको महामन्त्री संगठनको हिसाबले हुनुहुन्छ । हाम्रो एउटा प्रदेशको राज्यमन्त्री बन्नुभएको छ । झट्ट हेर्दा त देशकै पावर त झापामा एमालेसँग छ ।’

नेता सिटौलाले कांग्रेसले सरकार चलाउने सन्दर्भमा एमाले र माओवादी जोसँग सहकार्य गरेपनि कम्युनिस्टहरुको बाटोबाट देश नबन्ने बताए । उनले झापामा पनि कांग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँगै रहेको र आउने चुनावमा एमालेलाई चुनौति दिनेगरी कांग्रेसले योजना बनाउनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “सिंगो देश झापाली एमालेले चलाइरहेका छन्, तर कम्युनिष्टहरुबाट देश बन्दैन : कृष्ण सिटौला (भिडिओ)

  1. तिमीजस्ता हुतिहारासँग त देश चलाउने आँट नि हुनुपर्यो नि साथि । झापाली पनि हेर्नाका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर