अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी – Nepal Press

अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात नेकपा एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् ।

शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताए ।

उनले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बता्इन् ।

एमालेकी पूर्वउपाध्यक्ष रहेकी उनले छिटोछिटो नेकपा एमाले बलियो भएर पार्टीबाट राष्ट्रपति बनाउन आग्रह गरिन् ।

नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताउँदै उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेकोमा जोड दिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले आगामी निर्वाचनसम्म एमालेले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह गरिन् ।

‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अथिति भनेर बोलाउनुपर्ने भएको छ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैं सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो’, उनले भनिन् ।

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको बताइन् ।

जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भने जस्तो काम नभएको उनको भनाइ थियो ।

उनले मुलुकको राष्ट्रिय अर्थतन्त्र अहिले बलियो बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन आन्तरिक उत्पादन आवश्यक छ । युवाहरु विदेश जानुपर्ने अवस्था दुःखदायी छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘दलाल पुँजी वृद्धि हुने, अनौपचारिक क्षेत्र फैलिने, तर राष्ट्रिय अर्थतन्त्र कमजोर हुँदा जनताको बहुदलीय जनवादको आधार मानेर समाजवादमा पुग्न सकिन्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *