पहिलो स्थानमा उक्लियो लिभरपुल – Nepal Press

पहिलो स्थानमा उक्लियो लिभरपुल

हेटौँडा । कोलम्बियाली स्टार लुइस डियाजले दुई उत्कृष्ट गोल गरेपछि लिभरपुलले इङलिस प्रिमियर लिगमा चौथो जित दर्ता गर्दै कम्तीमा २४ घण्टाको लागि पहिलो स्थानमा उक्लिएको छ ।

शनिवार राती भएको खेलमा बर्नमाउथलाई घरेलु मैदानमा ३-० गोलले पराजित गर्दै लिभरपुल लिग तालिकाको पहिलो स्थानमा उक्लिएको हो । पाँच खेलबाट १२ अङ्क बटुलेको लिभरपुलले एक खेल कम खेलेको म्यान्चेस्टर सिटिलाई गोल अन्तरले पछि पार्दै पहिलो स्थान बनाएको हो ।

खेलमा डियाजले २४ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिए । पहिलो गोल गरेको दुई मिनेट पछि पुन गोल गर्दै डियाजले टिमलाई २-० को अवस्थामा लगे ।

लिभरपुलले तेस्रो गोल नुनेज मार्फत पहिलो हाफको ३७ औँ मिनेटमा गर्न सफल भयो ।

पहिलो हाफमा ३-० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा भने गोल गर्न सकेन र खेल ३-० मा नै सकियो । हारपछि वर्नमाउथ ५ खेलबाट ५ अङ्क बनाउँदै लिगको १३ औँ स्थानमा छ ।

शनिबार नै भएको अन्य खेलहरूमा टोटनह्याम्पले ब्रेनफोर्डलाई ३-१ ले पराजित गरेको छ । यस्तै साउथह्याम्पटनले इस्विच टाउनलाई १-० ले पराजित गरेको छ ।

शनिबार नै न्युक्यास्टल विरुद्द फुलहम ३-१ ले विजयी बन्दा एस्टन भिल्लाले उल्फलाई ३-१ गोलले पराजित गर्न सफल भयो । अर्को खेलमा लेस्टर सिटी र एभर्टन पनि १-१ को बराबरीमा रोकिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *