ला लिगा : रियलको जित – Nepal Press

ला लिगा : रियलको जित

हेटौँडा। स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित हासिल गरेको छ । शनिवार राती भएको खेलमा रियलले स्पानयोललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बराबरी खेलेको रियलले दोस्रो हाफमामा आत्मघाती गोल उपहार दिँदै स्पानयोलनाई सुरुवाती अग्रताको अवसर दियो । ५४ औँ मिनेटमा १-० ले पछि परेको रियलले ५८ औँ मिनेटमा डेनियल कार्भाजालले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

त्यस यता रियल थप आक्रामक बन्यो । ७५ औँ मिनेटमा रेड्रीगोले गोल गरेपछि रियलको अग्रता २-१ भयो । रिड्रीगोले गोल गरेको तीन मिनेटमामा रियलका भेनियस जुनियरले गोल गर्दै रियललाई ३-१ ले अघि बढाए ।

खेलमा चौथो गोल एम्बाप्पेले ९० औँ मिनेटमा पेनाल्टी मार्फत गर्दै टिमलाई ४-१ ले जिताए । जित पछि ६ खेलबाट १४ अंक जोडेको रियल लिग तालिकाको दोस्रो स्थानमा उक्लिदा स्पानेयल ७ अंक सहित १३ औँ स्थानमा छ ।

लालिगा अन्तरगत गएराति भएका अन्य खेलहरूमा भ्यालेन्सीयाले जिरोनालाई २-० ले पराजित गरेको छ भने ओसुउनाले लस पाल्मसलाई २-१ ले पराजित गरेको छ । त्यस्तै एल्भेसले सेभिल्लालाई २-१ ले पराजित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *