श्रीलंकाको राष्ट्रपतिय चुनावमा कम्युनिष्ट उम्मेदवारको ऐतिहासिक अग्रता – Nepal Press

श्रीलंकाको राष्ट्रपतिय चुनावमा कम्युनिष्ट उम्मेदवारको ऐतिहासिक अग्रता

गत चुनाव भन्दा बढाए ३८ प्रतिशत मत

काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके अग्रणी भएका छन् ।

सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने ३८ प्रतिशत मत बढाएर ४१ प्रतिसत पुर्‍याएका छन्। यो मत भनेका उनका निकटतम प्रतिस्पर्धी रनिल बिक्रमासिंगे र सजिथ प्रेमदशाको क्रमशः १७ र ३३ भन्दा ठूलो अन्तरको धेरै हो र

१ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । जनमुक्ति मोर्चा (जेभीपी) दलको गठबन्धनबाट उठेका उनको मत कम्युनिष्ट कित्ताले पाएको अहिलेसम्मकै सबैभन्दा धेरै मत हो ।

यो पनि पढ्नुहोस्- श्रीलंकामा बज्दैछ कम्युनिस्ट डंका, राष्ट्रपति चुनावको सर्वेक्षणमा शीर्ष स्थान ओगट्ने अनुराकुमारा को हुन् ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर