मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ – Nepal Press

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

काठमाडाैं । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन गरेको अनुसन्धानका क्रममा संदिग्धलाई पक्राउ गरेको बताउनुभयो । प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको (जीआईएसबी) समूहलाई अनुसन्धानको दायरामा राखेको थियो ।

पक्राउ परेका मध्ये जिआइएसबीका नेता नसिरुद्दिन अलीसहित अन्य ३० जना सदस्य रहेका थिए ।

प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ वटा परिसरमा छापा मारेको रज्जारुद्दिनले बताउनुभयो । अपरेसनमा कम्तीमा १८६ पीडितको उद्धार गरिएको उहाँले बताउनुभयो ।

मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दीन हुसेनले मङ्गलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ वटा बैङ्क खाताहरू फ्रिज गरेको बताएको थियो जसमा लगभग १ लाख २४ हजार डलर रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *