राजापाक्षे परिवार श्रीलंकाली मतदाताबाट अस्वीकृत ! – Nepal Press

राजापाक्षे परिवार श्रीलंकाली मतदाताबाट अस्वीकृत !

काठमाडौं । राजापाक्षे परिवारबाट उम्मेदवार बनाइएका नमल राजापक्षे शनिबार भएको श्रीलंकाको चुनावमा धेरै मतान्तरले पछि परे । श्रीलंकाली राष्ट्रपति बनेका अनुरा कुमार दिशानायकेले २७ लाख कटाउँदा नमल राजापाक्षेको मत भने दुई लाख पनि पुगेको छैन । उनी पाँचौं स्थानमा पुगे ।

श्रीलंकाली अखबार डेली मिररका अनुसार नमलको मत १ लाख ६३ हजार ७३३ आएको छ । जुन १.८ प्रतिशतमात्रै हो । श्रीलंकाको राजनीतिमा राष्ट्रपति तथा प्रधानमन्त्री भएका महिन्दा राजापाक्षेका छोरा तथा पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेका भजिता नमलले पाएको यो मत राजापाक्षे परिवारलाई जनताले गरेको अस्वीकारको रुपमा लिइएको छ ।

सन् २०२२ मा भएको प्रदर्शनको क्रममा गोताबाया राजापाक्षेले देश छोडेर भाग्नुपरेको थियो । अवस्था सामान्य भएपछि मात्रै उनी देश फर्किएका थिए ।

याे पनि पढ्नुस् : महिन्दा राजापाक्षेका छोरा बने श्रीलंकाको राष्ट्रपति उम्मेदवार- यस्तो छ तीन पुस्ते सत्ता यात्रा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर