बागमतीमा प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणमा राप्रपा पनि सहभागी – Nepal Press

बागमतीमा प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणमा राप्रपा पनि सहभागी

हेटौंडा । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम निर्माणमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको छ ।

सामान्यतया सरकारको साझा न्यूनतम कार्यक्रम सत्तारुढ दल मिलेर निर्माण गर्ने र सार्वजनिक समारोहमा पनि सत्तारुढ दल सामेल हुने परम्परा रहेकोमा उक्त परम्पराको अन्त्य गर्दै राप्रपाका संसदीय दलका नेता उद्धव थापा सहभागी भएका हुन् ।

कार्यक्रमलाई शुभकामना दिँदै थापाले विपक्षी नेता पनि न्यूनतम साझा कार्यक्रममा सहभागी भएको देख्दा अचम्म नमान्न अनुरोध गरे ।

प्रदेशको विकास सवालमा राप्रपा सधैं साथमा रहने उनले बताए । सरकारले गरेको सकारात्मक कामलाई सहयोग गर्ने र गलतलाई खबरदारी गर्ने काम आफूहरुको रहेको थापाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *