ओमानमा आँफैले चलाएको कार दुर्घटना हुँदा रुपन्देहीका नरबहादुर र झापाकी समिताको मृत्‍यु – Nepal Press

ओमानमा आँफैले चलाएको कार दुर्घटना हुँदा रुपन्देहीका नरबहादुर र झापाकी समिताको मृत्‍यु

युएई । ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारुले चलाएको आफ्नै कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही कारमा सवार झापाकी समिता बुढाथोकीको पनि ज्यान गएको नेपाली दुतावास ओमानले जनाएको छ ।

ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।

नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दुतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको नेपाली दुतावास ओमानका द्वितिय सचिव विशेष कुमार झाले नेपाल प्रेसलाई बताए ।

एनआरएन ओमानका पूर्व अध्यक्ष दिपक श्रेष्ठका अनुसार मृतक सारु त्यहाँ रहेको नीज्वा फुटबल क्लबको क्याटेनको रुपमा खेल्दै आएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *