रामेछाप–काठमाडौं सम्पर्क मञ्च बन्यो नेकपा एमालेको उत्कृष्ट कमिटी – Nepal Press

रामेछाप–काठमाडौं सम्पर्क मञ्च बन्यो नेकपा एमालेको उत्कृष्ट कमिटी

काठमाडौं । नेकपा एमालेको रामेछाप-काठमाडौं सम्पर्क मञ्च कार्ययोजना अनुसार काम गर्ने देशकै उत्कृष्ट कमिटी बन्न सफल भएको छ ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीले सबै जिल्लका सम्पर्क कमिटीको २०७८-०८० मा गरेको कामका आधारमा रामेछाप-काठमाडौं सम्पर्क मञ्च प्रथम भएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासल ललितपुरमा भएको कार्यक्रममा सो घोषणा गरिएको हो ।

मञ्चको मुल्यांकन कमिटीका सहसंयोजक ठानेश्वर बस्यालको संयोजकत्वमा गठित मुल्यांकन कमिटीले ७४ जिल्ला सम्पर्क मञ्च तथा सात प्रदेश सम्पर्क कमिटीको कामको आधारमा मूल्यांकन गरेको थियो । सो मूल्यांकनमा रामेछाप-काठमाडौँ सम्पर्क मञ्च जिल्ला सम्पर्क मञ्चहरूमा प्रथम भएको हो । त्यस्तै गुल्मी—काठमाडौँ सम्पर्क मञ्च द्वितीय र ओखलढुङ्गा-काठमाडौँ सम्पर्क मञ्चले तृतियस्थान प्राप्त गरेका छन् ।

सात प्रदेशहरूमा प्रथम स्थान वाग्मती प्रदेश सम्पर्क कमिटीले प्राप्त गर्दा लुम्बिनी प्रदेश सम्पर्क कमिटी द्वितीय र कोशी प्रदेश सम्पर्क कमिटी तृतीय भएका छन् ।

सम्पर्क समन्वय कमिटी संयोजक श्यामकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम पार्टी उपाध्यक्ष युवराज ज्ञवाली प्रमुख अतिथि तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य विशेष अतिथि थिए। कार्यक्रममा उत्कृष्ट हुने जिल्ला सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई प्रमुख अतिथि, विशेष अतिथि, सम्पर्क समन्वयका इन्चार्ज, संयोजक लगायतले प्रमाणपत्र र मेडलद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ज्ञवाली, विशेष अतिथि शाक्य, स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डितले बधाई तथा शुभकामना दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *