दुर्गा प्रसाईं पक्राउ, एक घण्टासम्म गेट नखोलेपछि भर्याङ लगाएर प्रहरीको प्रवेश (भिडिओ)
भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो ।
साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन । उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो ।
भर्याङ लगाएर कम्पाउन्डमा प्रहरी प्रवेश गरेको घटनास्थल कमेरोटारमा रहेका नेपाल प्रेस संवाददाता दिनेश थापाले जानकारी दिए । घरभित्र प्रसाईं र उनीसँगै रहने केही युट्युबर थिए ।
प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।
नेपालको दुर्गति को यौटा मुख्य कारण भनेको दण्ड हिनता हो !!
१. गल्ति वा अपाराध गर्नेलाई यो वा त्यो बाहनामा माफी दिने, हुल हुज्जत गरेर दवाब दिने र त्यो सक्ति देखाएर जेल/ अपराध मुक्त हुने : ठुलो र चर्चित भए पछि जे गर्दा हुन्छ, हुलको माझमा भए पछि सुरक्षित हुने यस्तो गलत चलनले गल्ति गर्ने वा अपराधि को मनोबल बढ्ने र इआन्दार र सत्य निष्ठा भएका हरुको मनोबल घट्ने र परिणाम स्वरुप अपराध बढ्ने, मनपरी बढ्ने र समाज नै अस्त ब्येस्त बन्ने !!
३. अनि अर्को कुरा : जत्ति सुकै ठुलो अपराध गरे पनि यौटा ‘मास’ लाई तताउने कुरा (काम हैन) गरी दिए पछि त्यो हुल उसलाई चोख्याउन ज्यान दिने (हुन त त्यो खान पिन को ब्येवास्था भएरै भएको होला) !! यो प्रवृत्तिको अन्त र कानुनको सहि पालना’ आजको आवस्यकता !!!
४. समाज भाड्न, असभ्य, अमर्यादित र अराजक कर्म गर्न कोहि अघि नसरुन !! कसैले गल्ति गर्छ भने गल्ति अनुसारको सजाय पाओस !!
दुर्गा प्रसाईं अराजक हुँदै गैरहेको देखिन्छ । यस्ता अराजकका पछि लाग्ने त खान पाएरै होला । पैसा जति यस्ता अराजक गतिविधिमा गर्न खर्च गर्ने । अनि बैंकको लोन नतिर्ने ।लोन तिरेन भने सम्पत्ति लिलाम हुनुपर्छ ।कुनै राजनीति नै होईन दुर्गाले गरेको । ऋण मिनाहा हुन्छ कि भनेर एकथरी र केही खान पाएकाले पछि लागेका होलान । तिनले पनि यसलाई छोडेर आफ्नो काम गरेको वेस् । अन्यथा तिनले पनि दुख पाउँछन् ।