भैरहवामा लुम्बिनी प्रदेशस्तरीय यू-१९ क्रिकेट छनोट प्रतियोगिता सुरु – Nepal Press

भैरहवामा लुम्बिनी प्रदेशस्तरीय यू-१९ क्रिकेट छनोट प्रतियोगिता सुरु

रुपन्देही । भैरहवामा लुम्बिनी प्रदेशस्तरीय यू-१९ क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । एक दिवसीय प्रतियोगिताको छनोटअन्तर्गत आइतबार भएको खेलमा रुपन्देहीले पश्चिम नवलपरासीलाई ५ विकेटले पराजित गरेको छ ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा १३७ रनको सामान्य योगफल खडा गरेको थियो । उसका लागि ओमकार यादवले ३१, ड्रस सुनारले ३०, दिलसाद अली र शिशिर थापा क्षेत्रीले समान १४-१४, शैलेन्द्र यादवले १३ र सम्राट भुसालले १० रन जोडे ।

बलिङमा रुपन्देहीका सुमित पराजुली, लक्ष्मण कुमाल र सन्तोष यादवले २-२ तथा रमेश कुर्मी र अमर मिश्राले समान १-१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बलमा ५ विकेट गुमाएर १४१ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा सन्तोष यादवले अर्धशतकीय पारी खेल्दै ५४ रनको महत्वपूर्ण योगदान दिए ।

यस्तै समीर अलीले ३७ र अमर मिश्राले १७ रन जोडे ।

बलिङमा नवलपरासीका ओमकार यादव र शिशिर थापाले समान २-२ तथा निराजन भट्टराईले १ विकेट लिए । रुपन्देहीका सन्तोष यादव म्यान अफ द म्याच घोषित भए ।

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरीय टीम छनोट गर्न प्रत्येक जिल्लाको फरक-फरक टीम बनाएर खेल सुरु गरिएको प्रादेशिक क्रिकेट संघ लुम्बिनीका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिए ।

उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेशस्तरीय यू-१९ क्रिकेट टीम घोषणा गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *