कुमारी बैंकलाई भिसा इन्टरनेसनलको विधागत दुई सम्मान – Nepal Press

कुमारी बैंकलाई भिसा इन्टरनेसनलको विधागत दुई सम्मान

काठमाडौं । भिसा इन्टरनेसनलले Leadership ConclaveNepal 2024 मा कुमारी बैंकलाई दुई विधामा सम्मान गरेकाे छ । उसले कुमारी बैंकलाई Excellence in Consumer CreditCards Business र Excellence in Cross – Border Business अवार्डले सम्मान गरेको हाे ।

सम्मानपछि कुमारी बैंकले स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आएको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जानेसमेत बैंकले प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *