रास्वपा कार्यालय आएर फर्किइन् रवि पत्नी निकिता – Nepal Press

रास्वपा कार्यालय आएर फर्किइन् रवि पत्नी निकिता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयको माहोल गर्माएको छ । पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मी बाक्लो संख्यामा उपस्थित भएका छन् ।

राजधानी काठमाडौंमा उपलब्ध पार्टीका अधिकांश केन्द्रीय नेताहरु कार्यालयमा छन् । अहिले सभापति लामिछानेसहित नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको छ । सभापति लामिछानेलाई पक्राउ गर्ने हल्ला सुनेर आएको एक केन्द्रीय सदस्यले बताए ।

‘सभापतिज्यूले केही भन्नुभएको छैन, बाहिरको हल्ला सुनेर आएका हौं’, उनले भने ।

रविकी पत्नी निकिता पौडेल पनि केन्द्रीय कार्यालय आइपुगेकी थिइन् । उनी एक घन्टा जति बसेर केहीबेर अघि फर्किइन् ।


प्रतिक्रिया

One thought on “रास्वपा कार्यालय आएर फर्किइन् रवि पत्नी निकिता

  1. दोहोरो नागरिकता पासपोर्ट सहकारी ठग पत्रकार र ड्राइभर मृत्युको जिम्मेवार दुनियाँलाई अनेक लान्छना लगाउने हैट यस्तालाई बचाउन हिड्ने राम्रा मान्छे होइनन् है

Leave a Reply

Your email address will not be published. Required fields are marked *