नेपाल प्रेसकर्मी श्यामकृष्ण दाहाल र भानुभक्त आचार्य प्रेस काउन्सिलबाट पुरस्कृत – Nepal Press

नेपाल प्रेसकर्मी श्यामकृष्ण दाहाल र भानुभक्त आचार्य प्रेस काउन्सिलबाट पुरस्कृत

काठमाडौं । नेपाल प्रेसका समाचार सम्पादक श्यामकृष्ण दाहाल र सुदूरपश्चिम ब्युरो प्रमुख भानुभक्त आचार्य पुरस्कृत भएका छन् ।

काउन्सिलको ५५औं वार्षिकोत्सको अवसरमा पुरस्कृत हुनेहरूमा नेपाल प्रेसकर्मी २ जना परेका हुन् । आज शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिबीच पुरस्कार वितरण गरियो ।

दाहाल विधागत पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । त्यस्तै युवा पत्रकारिता पुरस्कारबाट आचार्य पुरस्कृत भए । उनीहरूलाई सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार वितरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्षसमेत रहेका दाहाल २४ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर छन् । लामो समय मोफसलमा बिताएका उनी ५ वर्षदेखि काठमाडौंमा रही स्थापनाकालदेखि नेपाल प्रेसमा काम गरिरहेका छन् ।

६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील आचार्य धनगढीमा रहेर सामाजिक, राजनीति, खोजमूलक विषयमा कलम चलाउँदै आएका छन् ।

वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा ७१ जना पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर