राजनीतिक परिवर्तन र विकासमा पत्रकारिताको भूमिका प्रशंसनीय छ : राष्ट्रपति पौडेल (भिडियो) – Nepal Press

राजनीतिक परिवर्तन र विकासमा पत्रकारिताको भूमिका प्रशंसनीय छ : राष्ट्रपति पौडेल (भिडियो)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा पत्रिकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।

प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको समेत बताए ।

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अंगका रुपमा सम्मान प्राप्त भएको स्पष्ट पारे ।

उनले प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयम्ले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै अनलाईन न्यूजपोर्टल र सामाजिक सञ्जालको विकासले तिव्र सूचना प्राप्तिको आम मानिसको चाहनालाई पूरा गर्न मद्धत गरेको बताए ।

काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अखण्ड भण्डारीलाई र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्रि सिग्देललाई प्रदान गरिएको छ भने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर