रवि लामिछाने आज पक्राउ नपर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरु हल्ला मात्रै भएको प्रहरी उच्च स्रोतले बतायो ।
‘छविलालजीलाई जरुरी पक्राउ पूर्जि दिएर पक्राउ गरिएको हो । रविजीलाई आज पक्राउ गर्ने कुनै पनि तयारी थिएन । बाहिर आएका समाचारहरु असत्य हुन्,’ स्रोतले भन्यो ।
रविलाई चाँडै पक्राउ गर्ने तयारी भने छ । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गरिने स्रोतले बतायो ।
गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पूर्जि थमाएर पक्राउ गरिएको थियो । प्रहरीले कुनै पनि आरोपि भाग्न सक्ने खतरा देखेमा अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिन सक्छ । रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने स्रोतको भनाइ छ ।
पूर्वडिआइजी जोशीलाई पक्राउ गर्न कास्कीबाटै प्रहरी टोली आएको थियो । उक्त टोलीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सहजीकरण गरेको हो ।
देश लुट्ने काङ्ग्रेस एमाले र माओवादी , पक्राउ पर्ने रवि लामिछाने !
नेपाली जनताले सबै बुझेको छन् भ्रष्टहरुको नियत!
काँग्रेसलाई जनताले लात हानिरहेका छन् । अब काँग्रेस सकिने भयो । सकिन लागेको काँग्रेसलाई बचाउन सकिन्छ कि भनेर रविलाई थुन्न खोज्दैछ काँग्रेस । तर याद गर काँग्रेस तँलाई जनताले अब कुनै पनि हालतमा छोडनेवाला छैनन । ८४ सम्म त यताउता गरेर खालास् त्यसपछि देख्लास् आफ्नो हविगत । गगन पनि युवा होईन बुढाभन्दा पनि खराब काँग्रेस रहेछ । उसमा सिर्जनशील दिमाग होईन अमेरिकाको दलाल बन्ने, अघि बढन खोज्ने नेतालाई रोक्ने र आफू अघि बढन खोज्ने । अब देख्छ गगनले पनि आफ्नो राजनीति । गगनलाई चुप राख्न देउवा गुटले रविलाई समात्न लागेको स्पष्ट छ । गगनलाई काँग्रेसकै एउटा पनि नेताले मन पराउँदैनन । यस्तै अण्टसण्ट गरेर हिरो हुन खोजेको होला । अब देख्लास् कहाँ पुग्छ राजनीति। हिम्मत छ भने १५ करोड खाएको धनराजलाई पक्रेर देखा । दुनियाँले हेरिरहेको छ गगन र काँग्रेसको नाटक र दुनियाँले यिनलाई यसको मूल्य चुकाउनु पर्ने बनाईदिन्छ ।